Thursday, November 19, 2009

एक जिल्ला..गुल्मी

गुल्मी !!

  नेपाल को एक
 जिल्ला..!! अरु जस्तै एऊटा पहाड़ी जिल्ला,  पुर्ब मा syangja, पर्वत, उत्तर मा बागलुंग, पश्चिम मा प्युठान, अर्घाखाची र दक्षिण मा पाल्पा जिल्ला पर्ने यो जिल्ला मनोरम जिल्ला हो ! रेशुंगा र श्रींगा जस्ता मनोरम पहाड़ी श्रींखला ले भरिपूर्ण यो जिल्ला वास्तबमै सुन्दर छ ! कुल ७९ गा.बी.स. भएको यो जिल्ला नेपाल को लगभग बिच मा पर्छ ! भौगोलिक हिसाब ले यो जिल्ला जती महत्तोपूर्ण छ, तेती नै एतिहासिक हिसाब ले पनि महत्तोपूर्ण छ !एतिहासिक "गुल्मी दरवार" लागयत रेशुंगा को धार्मिकता संगै एतिहासिकता तथा अन्य बिबिध संपदा हरु एस जिल्ला का गहना भएर रहेका छन !
                                                                                                                       
रुरु क्षेत्र रिडी धाम, पवित्र रुध्राबिनी, सेती-बिनी, श्रीन्गेशोर तपो-भूमि, मनोरम पबित्र रेशुंगा,भार्से लेक,शक्ति पीठ "छत्र-देवी" लगायत धार्मिक पर्याटन का सम्भाब्याता बोकेको यो जिल्लामा रेशुंगा भ्यु टावर ले थप रौनक थपेको छ!!

  हिऊद याम मा आक्कल-झुक्कल पर्ने हिमपात रेशुंगा पहाड़ तथा भार्से लेक लाई बेला-बेला मा सुंदरी सिघारे झै सिंघार्न मस्त रहन्छ! लटरम्म सुन्तला फल्ने जुहांग, कफी को राजधानी आप्चौर तथा दिगाम, लह-लह धान फलाऊने फाटहरू अनि २९% बन-जंगल भएको यो जिल्ला कलि-गण्डकी, बधियार, रिडी-खोला, लागयत ठुप्प्रै खोला-नदी को थलो पनि हो..

No comments: